स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

टिपरको ठक्करबाट गम्भीर घाइते वृद्धाको उपचारका क्रममा मृत्यु

झापा | झापाको बिर्तामोड–३ स्थित दृष्टि आँखा अस्पताल अगाडि टिपरको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार हिजो साँझ करिब ६ः३५ बजे बिर्तामोड–भद्रपुर पक्की सडकखण्डमा बिर्तामोडबाट बनियानीतर्फ जाँदै गरेको प्र १–०१–००१ प १०१३ नम्बरको टिपरले पैदलयात्री बिर्तामोड–३ निवासी ७० वर्षीया लिलामाया बुढाथोकीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी बुढाथोकीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको थियो। तर, आज दिउँसो करिब १ बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडले टिपर र चालक कचनकवल–५ निवासी २१ वर्षीय जावेद आलमलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *