स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

नेपाल युवा उद्यमी मञ्च (NYEF) सुनसरीको अध्यक्षमा सिनेट रिजाल चयन

इटहरी । नेपाल युवा उद्यमी मञ्च (NYEF) सुनसरीको अध्यक्षमा युवा व्यवसायी तथा सोल्टी वेस्टेन्ड इटहरीका सञ्चालक सिनेट रिजाल चयन भएका छन्।

रिजाललाई मञ्चको नयाँ नेतृत्वका रूपमा चयन गरिएको हो। होटल तथा आतिथ्य क्षेत्रका सफल युवा व्यवसायीका रूपमा परिचित उनी उद्यमशीलता प्रवर्द्धन, युवा व्यवसायीबीच सहकार्य विस्तार तथा नवीन सोचलाई प्रोत्साहन गर्ने कार्यमा सक्रिय रहँदै आएका छन्।

नवनिर्वाचित अध्यक्ष रिजालले आफ्नो कार्यकालमा सुनसरीका युवा उद्यमीलाई एकताबद्ध गर्दै उद्यमशीलताको विकास, व्यवसाय विस्तार, लगानी प्रवर्द्धन, सीप विकास तथा नवप्रवर्तनमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल युवा उद्यमी मञ्च (NYEF) युवा उद्यमीहरूको साझा संस्था हो, जसले नेतृत्व विकास, व्यवसायिक नेटवर्क विस्तार तथा उद्यमशीलताको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। रिजालको नेतृत्वमा सुनसरी शाखाले थप प्रभावकारी र परिणाममुखी गतिविधि सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *