स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

धान रोपाईंको सिजनमा कृषि मलको अभाव झेल्दै किसान

सुनसरी | धान रोपाईंको सिजन सुरु भएसँगै किसानहरू बर्सेनि झेल्दै आएको कृषि मलको अभाव यस वर्ष पनि गम्भीर समस्या बनेको छ। बिहानै देखि किसान मल को लागि स्थानिय कृषि सहकारीहरुमा मल को लागि लाइन बस्छन् तर सहकारी मा पर्याप्त रासायनिक मल नहुदा अभाव सिर्जना भएको हो । सरकारले गोदाममा मल मौज्दात रहेको दाबी गरे पनि , किसानहरूले भनेको समयमै र सहज रूपमा मल पाउन सकेका छैनन् । कयौ घण्टा लाइनमा बस्दा समेत आदि बोरा मल मा चित्त बुझाउन बाध्य छन् किशान । रासायनिक मलको वार्षिक माग करिब ८ लाख टन रहेकोमा आधिकारिक आयातले मात्र पुर्याउन नसक्दा किसान भारतीय बजारको महँगो र अवैध मलमा निर्भर हुन बाध्य छन् ।

किसानहरूले सिजनको महत्वपूर्ण समयमा मल नपाउँदा लागत बढ्नु, उत्पादन घट्नु र आफ्नो लगानी उठ्न नसक्ने पीडा व्यक्त गरेका छन् । धेरै किसानले मलको लागि घण्टौं लाइन बस्नु, सहकारीको चक्कर लगाउनु र अन्ततः भारतीय बजारमा महँगो मूल्यमा किन्न बाध्य हुनु परेको बताएका छन् । कोही किसानले मल नपाउँदा रोपाइँकै पर्खाइमा बस्नु परेको छ भने कोहीले मल बिना नै रोपाइँ गर्न बाध्य भएको छ ।
सरकारी निकायले मल मौज्दात र आयातका योजना सार्वजनिक गरे पनि किसानका सामु अझै पनि मल अभावको समस्या उत्तिकै गम्भीर छ। यस विषयमा नगरपालिका सम्बन्धित सबै निकायले समयमै मल वितरणको प्रभावकारी व्यवस्था गर्नुका साथै दीर्घकालीन समाधानमा ध्यान दिनु आवश्यक छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *