स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

इटहरीमा ‘मिस्टर एण्ड मिस रोयल नेपाल–२०२६’ को पहिलो अडिसन सम्पन्न

इटहरी । सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस रोयल नेपाल–२०२६’ को दोस्रो संस्करणअन्तर्गत पहिलो अडिसन शनिबार इटहरीमा सफलतापूर्वक सम्पन्न भएको छ।

इटहरीस्थित होटल इनटुरिस्ट प्यालेसमा बिहान ११ बजेदेखि सुरु भएको अडिसनमा युवायुवतीहरूको उत्साहजनक सहभागिता रहेको थियो। अडिसनमा इटहरी, धरान, विराटनगर र दुहबीलगायत विभिन्न स्थानबाट आएका २० जना प्रतिस्पर्धीहरूले आफ्नो प्रतिभा, व्यक्तित्व र आत्मविश्वास प्रस्तुत गरेका थिए।

कार्यक्रममा गोपाल गिरी, मिसन पराजुली र ईशा थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए। सहभागीहरूको प्रस्तुति, आत्मविश्वास र सम्भावनाको आधारमा आगामी चरणका लागि छनोट प्रक्रिया अघि बढाइएको आयोजकले जनाएको छ।

पहिलो चरणको अडिसन सफलतापूर्वक सम्पन्न भएसँगै आयोजक रोयल इभेन्ट्स नेपाल ले दोस्रो तथा अन्तिम अडिसन आगामी साउन ९ गते बिहान ११ बजे सोही स्थान होटल इनटुरिस्ट प्यालेसमा आयोजना गर्ने तयारी गरेको छ।

सौन्दर्य प्रतियोगितामा प्रचलित शारीरिक उचाइ र तौलका परम्परागत मापदण्डलाई तोड्दै प्रतिभा, आत्मविश्वास र व्यक्तित्व विकासलाई प्राथमिकता दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। १६ देखि २८ वर्ष उमेर समूहका युवा तथा युवतीहरूले सहभागिता जनाउन सक्ने यस प्रतियोगितामा उचाइ र तौलको कुनै सीमा तोकिएको छैन।

मोडलिङ, फेसन तथा मिडिया क्षेत्रमा भविष्य निर्माण गर्न चाहने युवायुवतीहरूका लागि प्रतियोगिता उत्कृष्ट अवसर बन्ने अपेक्षा गरिएको छ। प्रतियोगिताका विजेताले नगद रु. ५० हजार सहित रु. २ लाखभन्दा बढी मूल्यका पुरस्कार तथा अवसरहरू प्राप्त गर्नेछन्। यसमा क्राउन, ट्रफी, प्रोफेसनल फोटोसुट, प्रतिष्ठित ब्रान्डहरूसँग सहकार्य तथा मिडिया प्रवर्द्धनसमेत समावेश छन्।

यस्तै, प्रतियोगिताका लागि छनोट भएका सबै प्रतियोगीलाई व्यक्तित्व विकास, पब्लिक स्पिकिङ, र्याम्प वाक, मेकअप, कन्टेन्ट क्रियसन तथा सामाजिक सञ्जाल ब्रान्डिङजस्ता विषयमा इन्डस्ट्री लेभलको तालिम प्रदान गरिने आयोजकले जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *