स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

श्रावणको दोस्रो सोमबार बुढीगंगा मुक्तिधाममा जल वितरण कार्यक्रम सम्पन्न

इटहरी । जेसीआई इटहरी लेडी जुनियर र जेसीआई इटहरी जुनियरको संयुक्त आयोजनामा श्रावण महिनाको दोस्रो सोमबार इटहरीस्थित बुढीगंगा मुक्तिधाममा जल वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

श्रावण महिनामा पूजा–आराधना तथा दर्शनका लागि मुक्तिधाम पुग्ने भक्तजनलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा निःशुल्क पिउने पानी वितरण गरिएको थियो। गर्मीका बीच भक्तजनलाई सहजता प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त सेवामूलक अभियानमा भक्तजनको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा JCI Itahari Lady Junior तथा JCI Itahari Junior का पदाधिकारी, सदस्यहरू तथा अन्य सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो। साथै, Jr. JC Omkar Khatiwada (JCI Itahari Junior Jaycees)Jr. JC Divya Dahal (JCI Itahari Lady Junior Jaycees) ले जल वितरणमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

“साथमा सेवा, साथमा परिवर्तन” भन्ने मूल भावनालाई आत्मसात गर्दै सञ्चालन गरिएको यो सेवामूलक अभियान श्रावण महिनाभर प्रत्येक सोमबार निरन्तर सञ्चालन गरिने आयोजकले जनाएको छ। धार्मिक आस्थासँगै सामाजिक सेवालाई जोड्ने उद्देश्यले सञ्चालन भइरहेको यस कार्यक्रमले भक्तजनबाट सकारात्मक प्रतिक्रिया पाउँदै आएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *