स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

देवानगञ्जको तनावपछि सुरक्षा रणनीति कडा, आवश्यक परे संयुक्त सुरक्षा टोली परिचालन गरिने

काठमाडौं | सुनसरीको देवानगञ्जमा जारी तनाव, कर्फ्यु तथा नेपाली सेना परिचालनपछि पनि अवस्था पूर्ण रूपमा सामान्य हुन नसकेपछि गृह मन्त्रालयको केन्द्रीय सुरक्षा समितिले आवश्यक परे संयुक्त सुरक्षा टोली परिचालन गर्ने निर्णय गरेको छ।

सुरक्षा स्रोतका अनुसार देवानगञ्ज घटनाको प्रभाव मधेस प्रदेशका केही जिल्लासम्म देखिन थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहितका सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ।

बैठकले संवेदनशील क्षेत्रमा सूचना संकलनलाई प्रभावकारी बनाउने, आवश्यकताअनुसार अतिरिक्त सुरक्षा जनशक्ति परिचालन गर्ने तथा शान्ति–सुरक्षा कायम राख्न सुरक्षा रणनीतिलाई थप सुदृढ बनाउने निर्णय गरेको जनाएको छ।

सुरक्षा निकायले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा आधिकारिक सूचना मात्र अनुसरण गर्न आग्रह गरेको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *