इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरी–१६ बालग्राम अन्तर्गत सेवा केन्द्र खनारको आयोजनामा इटहरी–११ भुसकलुवामा टोलभेला तथा सदस्य विस्तार कार्यक्रम सम्पन्न भएको छ।
बुधबार आयोजित कार्यक्रम सेवा केन्द्र संयोजक प्रेमचन्द्र रौतार थारुको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा उपसमिति सदस्य रामसागर चौधरी, लेखा सुपरिवेक्षक कौशल निरौला तथा ऋण सहायक सुजाता चौधरीको उपस्थिति रहेको थियो भने सेवा केन्द्र प्रमुख नवराज पोखरेलले कार्यक्रमको सहजीकरण गरेका थिए।
कार्यक्रममा ३९ जना स्थानीयवासी तथा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। सदस्य विस्तार अभियानअन्तर्गत दुई जनाले नयाँ सदस्यता लिन आवेदन फाराम भरेका छन्। साथै, कार्यक्रममा एक जना “Member of the Day”, एक जना नयाँ सदस्य तथा एक वटा बाल बचत खाता समेत खोलिएको संस्थाले जनाएको छ।
कार्यक्रममा सहभागीहरूलाई सहकारीमा आबद्ध हुनुका फाइदा, बचतको महत्व, सदस्यले प्राप्त गर्ने सेवा–सुविधा तथा सहकारीमार्फत उपलब्ध हुने विभिन्न वित्तीय सेवाबारे जानकारी गराइएको थियो। संस्थाले सदस्य संख्या वृद्धि गर्दै स्थानीय समुदायमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण सहयोगी, स्थानीयवासी तथा सहभागी सदस्यहरूप्रति किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हार्दिक आभार व्यक्त गरेको छ। साथै, आगामी दिनमा पनि यस्ता जनमुखी तथा सदस्यकेन्द्रित कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।














