स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

बसपार्क व्यवस्थापन समिति इटहरी–९ को अध्यक्षमा काजीकुमार राई सर्वसम्मत चयन

इटहरी | बसपार्क व्यवस्थापन समिति, इटहरी–९, सुनसरीको चौथो अधिवेशनबाट काजीकुमार राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

अधिवेशनले आगामी कार्यकालका लागि महेश कुमार घिमिरेलाई उपाध्यक्ष, रमेश नेउपानेलाई सचिव, सम्झना दाहाललाई सहसचिव तथा उत्तर तामाङलाई कोषाध्यक्षमा चयन गरेको छ।

त्यसैगरी सदस्यहरूमा विष्णु खत्री, डम्मर राई, आइन्द्रविक्रम लिम्बु, देवी चापागाई, सबिना बिष्ट र ईश्वरमाया कार्की सर्वसम्मत रूपमा चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिले बसपार्कको व्यवस्थापनलाई थप व्यवस्थित, प्रभावकारी र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशनमा सहभागीहरूले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *