स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

ग्रीन पिस लिंकन कलेजमा फ्रि फायर तथा ई–फुटबल ई–स्पोर्ट्स प्रतियोगिता सम्पन्न

इटहरी । ग्रीन पिस लिंकन कलेज म्यानेज्डबाइ आईएसएमटीका बीबीए छैटौं सेमेस्टरका विद्यार्थीहरूको व्यवस्थापनमा ई–स्पोर्ट्स अन्तर्गत फ्रि फायर र ई–फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता सुमित श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा ग्रीन पिस लिंकन कलेजका प्राचार्य मुक्तिराज सुवेदीको उपस्थिति रहेको थियो। त्यसैगरी, कलेजका संयोजक प्रमोद प्रमोद बन्सल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमलाई यात्रा रेन्टल्सका प्रबन्ध निर्देशक (एमडी) सुमित श्रेष्ठले आफ्नो गरिमामय उपस्थितिले शोभायमान बनाउनुभएको थियो। उहाँ यस प्रतियोगिताका मुख्य प्रायोजकसमेत रहनुभएको थियो। यसका साथै, फेदीखोला हाइड्रोपावरले पनि कार्यक्रमलाई प्रायोजन गरेको थियो भने विराट टेलिभिजन कार्यक्रमको आधिकारिक मिडिया पार्टनर रहेको थियो।

प्रतियोगिताअन्तर्गत सम्पन्न फ्रि फायर प्रतिस्पर्धामा टिम “नो फेथ” विजेता बन्न सफल भयो। विजेता टोलीमा राकेश खत्री, क्षितिज खड्का, रोहन श्रेष्ठ र युनिश लुइँटेल सहभागी थिए। प्रतियोगितामा टिम “इजी (Ezzy)” प्रथम उपविजेता बनेको थियो।

त्यसैगरी, ई–फुटबल प्रतियोगितामा दिपेन्द्र तामाङ विजेता घोषित भए भने रोहन श्रेष्ठ प्रथम उपविजेता बन्न सफल भए।

विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, नेतृत्व क्षमता, समूहकार्य तथा डिजिटल खेलप्रतिको रुचिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *