स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

नयाँ सदस्यहरूका लागि लायन्स अभिमुखीकरण कार्यक्रम सम्पन्न

इटहरी । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी, एमडी ३२५, नेपाल अन्तर्गत लायन्स क्लब अफ तरहरा सोशलको आयोजनामा नयाँ सदस्यहरूका लागि अभिमुखीकरण (ओरियन्टेसन) कार्यक्रम बुधबार इटहरीस्थित गोर्खा होटलमा सम्पन्न भएको छ।

क्लबका अध्यक्ष मुक्तिनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर लिला प्रसाद चिमरिया (एमजेएफ) प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर लायन विकास अधिकारी (पीएमजेएफ)ले प्रमुख प्रशिक्षकका रूपमा सहजीकरण गर्दै नयाँ सदस्यहरूलाई लायन्सको इतिहास, उद्देश्य, संगठनात्मक संरचना, सदस्यको भूमिका, नेतृत्व विकास तथा सेवामूलक गतिविधिबारे विस्तृत प्रशिक्षण दिएका थिए।

कार्यक्रममा एरिया चिफ दुर्गा प्रसाद पौडेल, एरिया कोअर्डिनेटर भूपराज पुरी, गाइडिङ सुरेश प्रसाद धमला, लायन्स क्लब अफ इटहरी न्यू भिजनका अध्यक्ष लायन युवराज काफ्ले, लायन्स क्लब अफ इटहरी मनकामनाका अध्यक्ष दीपक पुरी ,लियो क्लब अफ इटहरी पाथिभराका अध्यक्ष आयुश डुङ्गेल लगायत विभिन्न क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन क्लबकी सचिव गायत्री पुरीले गरेकी थिइन्।

प्रशिक्षणका क्रममा पूर्व डिष्ट्रिक्ट गभर्नर विकास अधिकारीले लायन्स सदस्य हुनु भनेको केवल पद प्राप्त गर्नु नभई समाजप्रति उत्तरदायी सेवक बन्नु भएको बताउँदै लायन्सको मूल मन्त्र “We Serve” लाई व्यवहारमा उतार्न आग्रह गरे। उनले सदस्यहरूलाई सेवा, नेतृत्व, अनुशासन र सहकार्यको भावनाका साथ समुदायमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा सक्रिय हुन प्रेरित गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर लिला प्रसाद चिमरियाले लायन्सको शक्ति सदस्यहरूको सक्रियता र सेवाभावमा निर्भर रहने उल्लेख गर्दै नयाँ सदस्यहरूलाई निरन्तर सिक्दै समाजका आवश्यकताअनुसार सेवामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरे।

अध्यक्ष मुक्तिनाथ घिमिरेले क्लबमा आबद्ध भएका नयाँ सदस्यहरूको स्वागत गर्दै अभिमुखीकरण कार्यक्रमले लायन्सको मूल्य, उद्देश्य र जिम्मेवारीबारे स्पष्ट बुझाइ दिलाएको बताए। उनले आगामी दिनमा क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै समुदायमा सकारात्मक योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी नयाँ सदस्यहरूले प्रशिक्षणबाट लायन्सको कार्यशैली, संगठनात्मक संरचना तथा सेवामूलक अभियानबारे महत्वपूर्ण ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका थिए। आयोजकका अनुसार यस्ता अभिमुखीकरण कार्यक्रमले नयाँ सदस्यहरूलाई जिम्मेवार, सक्रिय र प्रभावकारी लायनका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *