मोरङ । सानैदेखि गीत–संगीतप्रति गहिरो रुचि राख्दै आफ्नो प्रतिभालाई निरन्तर निखार्दै आएकी सुन्दरहरैंचा -७ मा रहेको ज्ञान ज्योति इंग्लिश स्कुलकी छात्रा कबिना राई ‘Voice of Kids Season 5’ को फाइनलमा पुग्न सफल भएकी छन्।
कबिनाको यो सफलताप्रति ज्ञान ज्योति स्कुल परिवारले गर्व र खुसी व्यक्त गर्दै उनलाई हार्दिक बधाई तथा फाइनलका लागि सफलताको शुभकामना दिएको छ।
विद्यालय परिवारले कबिनाले फाइनलमा पनि उत्कृष्ट प्रस्तुति दिँदै विजयी बन्न सफल हुने विश्वास व्यक्त गरेको छ। मेहनत, लगन र आत्मविश्वासका साथ अघि बढिरहेकी कबिनाको प्रतिभाले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्ने अपेक्षा विद्यालयले गरेको छ।
विद्यालयले कबिनालाई सबैको माया, साथ र शुभकामना प्रदान गर्न समेत आग्रह गरेको छ।














