इटहरी । बजाज मोटरसाइकलको इटहरीस्थित शोरुममा ‘न्यु खोज्नेलाई झ्याम्मै एक्सचेन्ज मेला’ आयोजना हुने भएको छ। बजाजले ग्राहकलाई लक्षित गर्दै विशेष एक्सचेन्ज अफरसहित मेला आयोजना गर्न लागेको हो।
२०८३ भदौ १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने मेला इटहरी–६, पूर्व लाइनस्थित श्रीकृष्ण प्रणामी मन्दिरछेउको बजाज शोरुममा आयोजना हुनेछ।
मेलामा पुरानो मोटरसाइकलको झ्याम्मै हाइएस्ट भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन-द-स्पट फाइनान्स, शून्य सर्भिस चार्ज तथा निःशुल्क हेल्मेटलगायतका सुविधा उपलब्ध गराइने जनाइएको छ।
बजाज शोरुम इटहरीका सञ्चालक जयन्त सन्थलियाले ग्राहकलाई पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल खरिद गर्न सहज होस् भन्ने उद्देश्यले एक्सचेन्ज मेला आयोजना गरिएको बताउनुभयो।
उहाँका अनुसार मेलामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकलको मूल्यांकन गराई विभिन्न मोडलका नयाँ बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन्। साथै फाइनान्स तथा अन्य अफरबारे समेत ग्राहकलाई शोरुममै जानकारी दिइनेछ।
स्थान: इटहरी–६, पूर्व लाइन, श्रीकृष्ण प्रणामी मन्दिरछेउ, बजाज शोरुम
मिति: २०८३ भदौ १ गतेदेखि ६ गतेसम्म
सम्पर्क: ०२५–५८५४४२ / ९७०५०५५३३९














