भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कस्थित पाँचधारेमा वडास्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

पाँचधारे सरोकार समाज पाँचधारेको आयोजनामा २०८३ साल असोज २४ गतेदेखि पाँचधारे खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले ७० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टिमलाई ४० हजार रुपैयाँ, तेस्रो हुनेलाई १५ हजार रुपैयाँ तथा चौथो हुने टिमलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

महिलातर्फ प्रथम हुने टिमले २० हजार रुपैयाँ, दोस्रोले १० हजार रुपैयाँ र तेस्रोले ५ हजार रुपैयाँ नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। चौथो हुने टिमलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।

पुरुषतर्फ टिम दर्ता शुल्क ३ हजार ५ सय रुपैयाँ र महिलातर्फ १ हजार ५ सय रुपैयाँ तोकिएको छ। टिम दर्ता असोज २४ गते बिहान ८ः३० बजेसम्म गर्न सकिनेछ भने प्रतियोगिता सोही दिन दिउँसो १ः३० बजेबाट सुरु हुनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले टकबहादुर घिमिरे, बाबुराम शाक्य, रविन्द्र राई र सागर राईसँग सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ।

Smart

तपाईको प्रतिक्रिया