इटहरी | मोटरसाइकल दुर्घटनामा इनरूवाका २ युवाकाे मृत्यु भएकाे छ । इटहरीमा राति भएको मोटरसाइकल दुर्घटनमा परी उनिहरूकाे मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा इनरुवा–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी छन् ।

सागर जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी हुन् । उनी सुनसरीका प्रमुख जिल्ला अधिकारीका स्वकीयको रुपमा कार्यरत थिए । यस्तै, पारसले भने केही समयअघि राजीनामा दिएका थिए । उनी पनि जिल्ला प्रशासन कार्यालयमा करारका कर्मचारी थिए इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी ७ र १७ को सिमानामा रहेको कल्भर्टमा अनियन्त्रित भएर पल्टँदा २ जनाको मृत्यु भएको हो ।

दुई बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुवास हमालले बताए । दुर्घटनामा घाइते भएका दुबैलाई उपचारका लागि राति नै वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनीहरुलाई विहान ५ बजे मृत घोषणा गरिएको थियो।

Smart

तपाईको प्रतिक्रिया