सुन्दरहरैँचा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिकाको नगर सभापति पदमा हरि पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन्।

पार्टी संगठनमा लामो समयदेखि सक्रिय पौडेलले विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गरेको अनुभवका आधारमा नगर सभापति पदमा आफ्नो उम्मेदवारी अघि सारेका हुन्। उनी क्षेत्रीय सदस्य, क्षेत्रीय सचिव तथा मोरङ जिल्ला सल्लाहकार सदस्यका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्।

पौडेलसँग सुन्दरहरैँचा उद्योग वाणिज्य संघको निर्वाचनका क्रममा निर्वाचन सचिवालयमा रहेर काम गरेको अनुभवसमेत रहेको छ। त्यसैगरी सुन्दरहरैँचा नगरको सचिवालयमा रहेर काम गरेको अनुभव पनि उनीसँग छ।

२०७४ सालको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा प्रतिनिधिका रूपमा काम गरेका पौडेलले २०७९ सालको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार डा. सुनील शर्माको सचिवालयमा रहेर काम गरेका थिए। पछिल्लो फागुन २१ गते सम्पन्न निर्वाचनमा समेत डा. शर्माको सचिवालयमा रहेर काम गरेको अनुभव उनीसँग रहेको छ।

त्यसैगरी नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशनमा केन्द्रीय स्तरको सचिवालयमा रहेर काम गरेको अनुभव समेत पौडेलसँग रहेको छ। विभिन्न निर्वाचन, पार्टीका अधिवेशन तथा संगठनात्मक गतिविधिमा सचिवालयको जिम्मेवारीमा रहेर काम गरेको अनुभवले आफूलाई नगर संगठन सञ्चालनमा थप सहयोग पुग्ने पौडेलको विश्वास छ।

पौडेलले सुन्दरहरैँचामा नेपाली कांग्रेसको संगठनलाई थप मजबुत, व्यवस्थित र क्रियाशील बनाउने उद्देश्यसहित नगर सभापतिमा उम्मेदवारी दिन लागेको बताएका छन्। पार्टीका नेता तथा कार्यकर्ताबीचको सहकार्यलाई प्राथमिकता दिँदै संगठनलाई जनतासँग थप जोडेर अघि बढाउने उनको प्रतिबद्धता छ।

Smart

तपाईको प्रतिक्रिया