सुनसरी | बराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेसको नगर सभापति पदका लागि तेज गुरुङले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
पार्टी संगठनलाई अझ सुदृढ बनाउने, युवाको सक्रिय सहभागिता र नेतृत्वलाई प्राथमिकता दिने तथा समयअनुकूल गतिशील संगठन निर्माण गर्ने उद्देश्यसहित उहाँले आफ्नो उम्मेदवारी अघि बढाउनुभएको छ।
उहाँको उम्मेदवारीसँगै बराहक्षेत्रमा नेपाली कांग्रेसको संगठन, युवा सहभागिता र आगामी राजनीतिक यात्राबारे नयाँ बहस सुरु भएको छ।
तेज गुरुङलाई आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दै स्थानीय तहका कार्यकर्ता तथा शुभचिन्तकहरूले उहाँको नेतृत्वमा पार्टी संगठन थप सशक्त हुने विश्वास व्यक्त गरेका छन्।







