सुनसरी । निर्माण क्षेत्रमा क्रियाशील नमुना कन्स्ट्रक्सनले विश्वकर्मा पूजा विधिपूर्वक सम्पन्न गरेको छ। कन्स्ट्रक्सनका सञ्चालक सरोज गुरुङ्गाईले पूजा–आराधना गरी विश्वकर्मा पूजा मनाएका हुन्।

सुनसरीको रामधुनि नगरपालिका वडा नम्बर ६ स्थित नमुना कन्स्ट्रक्सनले घर निर्माण, सडक तथा बाटो निर्माणलगायत निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न काम गर्दै आएको छ। निर्माण कार्यमा प्रयोग हुने उपकरण तथा सामग्रीको पूजा–आराधना गर्दै कन्स्ट्रक्सनले विश्वकर्मा पूजा मनाएको जनाएको छ।

कन्स्ट्रक्सनले हाल करिब १५ जना बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आफ्नो व्यवसायलाई अगाडि बढाइरहेको छ। स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै निर्माण क्षेत्रमा आफ्नो सेवा विस्तार गर्ने उद्देश्यका साथ संस्था अघि बढिरहेको सञ्चालक गुराँगाईले बताए।

युवा व्यवसायीका रूपमा परिचित गुराँगाई व्यवसायसँगै सामाजिक तथा राजनीतिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्। उनले युवा पुस्तालाई उद्यम तथा व्यवसायमा जोड्दै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिँदै आएका छन्।

विश्वकर्मा पूजाका अवसरमा कन्स्ट्रक्सनमा प्रयोग हुने सवारीसाधन, मेसिनरी तथा निर्माण सामग्रीको पूजा गर्दै आगामी दिनमा व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

Smart

तपाईको प्रतिक्रिया