योगेन्द्र योगी
सुन्दरहरैंचा(मोरङ) : ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ (नवौं नेपाल जग्गा, आवास तथा निर्माण प्रदर्शनी–२०२६ बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको छ।
नेपाल जग्गा तथा आवास विकास सङ्घ तथा नेपाल जग्गा तथा आवास विकास महासङ्घ को आयोजना र नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा सुरु भएको चारदिने एक्स्पोको औपचारिक उद्घाटन प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले जग्गा तथा आवास क्षेत्र देशको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले यससँग सम्बन्धित समस्या समाधानका लागि राज्य गम्भीर हुनुपर्ने बताए। रियल इस्टेट व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको जग्गा हदबन्दीलगायतका विषय समाधानका लागि नेपाल सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले प्रतिनिधि सभाको सभामुखको हैसियतले आवश्यक समन्वय र सहजीकरणका लागि आफू प्रतिबद्ध रहेको बताए।
यसैबीच, एक्स्पोमा डिएन ग्रुप अफ कम्पनीजले आफ्नो स्टलमार्फत विभिन्न परियोजना, सम्पत्तिसम्बन्धी अवसर तथा आगामी योजनाबारे जानकारी प्रदान गरिरहेको छ। एक्स्पोमा सहभागी आगन्तुकले डिएन ग्रुपका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी कम्पनीका परियोजना तथा उपलब्ध सम्पत्तिसम्बन्धी जानकारी लिन सक्ने व्यवस्था गरिएको छ।
डिएन ग्रुप अफ कम्पनीजका चेयरमेन दीपक काफ्लेका अनुसार एक्स्पोमा सहभागी हुनुको मुख्य उद्देश्य ग्राहक तथा सर्वसाधारणलाई कम्पनीका परियोजनाबारे प्रत्यक्ष जानकारी दिनुका साथै उनीहरूको आवश्यकता र लगानी क्षमताअनुसार उपयुक्त सम्पत्तिसम्बन्धी अवसरबारे सही मार्गदर्शन गर्नु हो।
काफ्लेले भने, “एक्स्पोमार्फत डिएन ग्रुपका परियोजना, सम्पत्तिसम्बन्धी अवसर र आगामी योजनाबारे सर्वसाधारणलाई प्रत्यक्ष जानकारी गराउने अवसर मिलेको छ। ग्राहकको आवश्यकता बुझेर उपयुक्त विकल्पबारे जानकारी र मार्गदर्शन दिन हामी प्रतिबद्ध छौँ।”
डिएन ग्रुपको स्टलमा कम्पनीका विभिन्न परियोजना, रियल इस्टेटसम्बन्धी सेवा तथा आगामी योजनाबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ। एक्स्पोले घर तथा जग्गा खरिद गर्न चाहने, आवास परियोजनामा लगानी गर्न इच्छुक तथा निर्माण क्षेत्रका नयाँ प्रविधि र सेवाबारे जानकारी लिन चाहने सर्वसाधारणलाई एउटै स्थानमा विभिन्न विकल्प बुझ्ने अवसर प्रदान गरेको छ।
सेप्टेम्बर १७ देखि २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा देश तथा विदेशका जग्गा तथा आवास व्यवसायी, निर्माण कम्पनी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, निर्माण सामग्री उत्पादक तथा आपूर्तिकर्तालगायत विभिन्न क्षेत्रका व्यवसायीहरूको सहभागिता रहेको छ।
डिएन ग्रुप अफ कम्पनीजले एक्स्पोमा आउने सर्वसाधारणलाई भृकुटीमण्डपस्थित आफ्नो स्टलमा आएर परियोजना, सम्पत्तिका अवसर तथा आगामी योजनाबारे जानकारी लिन आग्रह गरेको छ।







