इटहरी । इटहरी क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न स्थानमा रिफ्लेक्टर बोर्ड राखिएको छ।

इटहरी ट्राफिक प्रहरी र इटहरी उपमहानगरपालिका–९ का वडाध्यक्ष जितेन्द्र थापाको समन्वयमा एपेक्स हस्पिटलको सौजन्यमा सडकका विभिन्न स्थानमा रिफ्लेक्टर बोर्ड राखिएको हो।

रातिको समयमा सडकमा आवतजावत गर्ने सवारीसाधन तथा पैदलयात्रीलाई सहज रूपमा देख्न सकिने र दुर्घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने उद्देश्यले बोर्ड राखिएको जनाइएको छ।

सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएकाले ट्राफिक नियमको पूर्ण पालना गर्दै सुरक्षित रूपमा यात्रा गर्न सम्बन्धित निकायले सर्वसाधारणमा आग्रह गरेका छन्। दुर्घटना न्यूनीकरणका लागि प्रहरी, स्थानीय तह, निजी क्षेत्र तथा नागरिकबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा समेत जोड दिइएको छ।

Smart

तपाईको प्रतिक्रिया