इटहरी | नेपाललाई मैदा रहित बनाउने उद्देश्यले स्थापित पहिचान फुडले, प्रबन्ध निर्देशक पवन शिवाकोटीको नेतृत्वमा, इटहरीमा मानवीय सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको छ।
संस्थाले लियो क्लब अफ इटहरी र १८ डी सिनेमासँगको सहकार्यमा, इटहरीका सडक बालबालिकाहरुलाई पौष्टिक खाजा खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।
स्थानिय स्तरमा अर्गानिक उत्पादन र वितरणमा सक्रिय रहँदै आएको यस समूहले, लामो समयदेखि प्रदेश १ भरी सामान वितरण गर्दै आएको गोविन्द इन्टरप्राइजेजसँग मिलेर यो कार्य गरेको हो। इटहरी, धरान, विराटनगर, विराटचोक र इनरुवासम्म आफ्नो सेवा विस्तार गरी राहत वितरण कार्यलाई थप प्रभावकारी बनाएको 18D पाथिभरा इन्टरटेनमेन्ट इटहरी शाखाका मार्केटिङ म्यानेजर विकाश घिमिरेले जानकारि दिए ।
यसका साथै, पहिचान फुडले नेपाललाई मैदा रहित बनाउने आफ्नो मुख्य उद्देश्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। संस्थाका प्रबन्ध निर्देशक पवन शिवाकोटी, 18D पाथिभरा इन्टरटेनमेन्ट इटहरी शाखाका मार्केटिङ म्यानेजर विकाश घिमिरे, एकाउन्टेन्ट शिशिर नेपालले समाजप्रतिको उत्तरदायित्व पूरा गर्दै, आगामी दिनमा पनि यस्तै रचनात्मक र सहयोगी कार्यक्रमहरुलाई निरन्तरता दिने बताएका छन्। स्थानीय बासिन्दाहरुले दुवै संस्थाको यस कार्यको उच्च प्रशंसा गरेका छन्।







