इटहरी । इटहरी उपमहानगरपालिका–४ मा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
दुर्घटनामा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राईको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका राईको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राईसमेत घाइते भएका छन्। उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







