इटहरी । इटहरीमा लायन्स तथा लियो क्लबहरूको संयुक्त दीक्षान्त तथा पदस्थापन समारोह सम्पन्न भएको छ। लायन्स क्लब अफ इटहरी इनोभेसन, लियो क्लब अफ इटहरी इनोभेसन, लायन्स क्लब अफ इटहरी सिटी, लियो क्लब अफ इटहरी सिटी तथा लायन्स क्लब अफ इटहरी बिजनेस प्रोफेसनलको संयुक्त आयोजनामा समारोह सम्पन्न भएको हो।

समारोहमा लायन्स क्लब अफ इटहरी इनोभेसनको अध्यक्षमा मिलन दाहाल, लियो क्लब अफ इटहरी इनोभेसनको अध्यक्षमा राजकुमार तामाङ, लायन्स क्लब अफ इटहरी सिटीको अध्यक्षमा  कुशल श्रेष्ठ, लियो क्लब अफ इटहरी सिटीको अध्यक्षमा  आर्यन कटुवाल तथा लायन्स क्लब अफ इटहरी बिजनेस प्रोफेसनलको अध्यक्षमा लक्ष्मीप्रसाद फुयालले जिम्मेवारी ग्रहण गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा पदस्थापन अधिकारी लायन लिला प्रसाद चिमरिया पीएमजेएफ तथा डिस्ट्रिक्ट गभर्नरले नवनिर्वाचित अध्यक्षहरूलाई पद तथा गोपनीयताको शपथ गराउँदै औपचारिक रूपमा पदस्थापन गराएका थिए।

कार्यक्रममा लायन्स तथा लियो क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले सामाजिक सेवा, मानवीय सहयोग तथा समुदाय केन्द्रित गतिविधिलाई निरन्तरता दिँदै नयाँ नेतृत्वले क्लबका गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका थिए।

संयुक्त रूपमा आयोजित कार्यक्रममा लायन्स तथा लियो क्लबका नयाँ नेतृत्वलाई शुभकामना तथा बधाई दिइएको थियो।

Smart

तपाईको प्रतिक्रिया