इटहरी । लायन्स क्लब अफ इटहरी ग्रिन सिटी, लायन्स क्लब अफ इटहरी प्रोफेसनल र लायन्स क्लब अफ इटहरी पचरुखिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।
पदस्थापन कार्यक्रममा लायन्स क्लब अफ इटहरी ग्रिन सिटीको अध्यक्षमा ओमप्रकाश वन, लायन्स क्लब अफ इटहरी प्रोफेसनलको अध्यक्षमा रामपुकार यादव र लायन्स क्लब अफ इटहरी पचरुखिको अध्यक्षमा कुमार गिरीले पदभार ग्रहण गरेका छन्।
वर्ष २०२६/०२७ का लागि निर्वाचित अध्यक्षसहित अन्य पदाधिकारी तथा नयाँ सदस्यहरूलाई लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘सी’ का गभर्नर लीला चिमोरियाले इन्डक्सन गराएका थिए।
कार्यक्रममा नयाँ नेतृत्वले आगामी कार्यकालमा सामाजिक सेवा, मानवीय सहायता तथा समुदायकेन्द्रित गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।







