बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अवरसमा विभिन्न बिधामा दौड प्रतियोगिता आयोजना गरेको छ ।
आईतवार चक्रघट्टि स्थित महेन्द्र गेट ढिकझोरा र महेन्द्र गेटबाट उप्रेती चौक दुरी निर्धारण गरिएको १५ बर्ष उमेर समुहको पुरुषतर्फ कुशल विश्वकर्मा प्रथम भएका छन् । त्यस्तै , पुरुषोतम राजधानी द्बितिय युवराज जोगी तेस्रो , पुजन जोगी तृतिय र संजय विष्ट सान्तवना हुन सफल भए ।
त्यस्तै १५ बर्ष उमेर समुहको महिलातर्फ अनिसा कार्की प्रथम हुन सफल भएकि छिन । सरस्वती कुमारी उराँव द्बितिय करुण खङ्ग खत्वे तृतिय , निमाला थापा चौथो र टिका थापा सान्तवना हुन सफल भईन् ।
त्यस्तै १५ बर्ष माथिको उमेर समूह अन्तर्गतको पुरुषतर्फ सुर्य तामाङ्ग प्रथम हुन सफल भएका छन् । भरत कुमार कविरत द्वितीय , विजय खनाल तृतिय , करण चन्द्रवशी चौथो र प्रदिप विक सान्तवना हुन सफल भए त्यस्तै १५ बर्ष भन्दा माथि उमेर समुह अन्तर्गत महिलातर्फ सपना खङ्ग खत्बे प्रथम हुन सफल भईन् । शिला राई द्बितिय, तुलासा खड्का तृतिय , विकव कुवर चौथो र लक्ष्मी राई सान्तवना हुन सफल भईन् । उनिहरुले नगद सहित प्रमाण पत्र , म्याडल प्राप्त गरेका थिए ।
संविधान दिवसको अवसरमा बराहक्षेत्र नगरपालिकाले ३ दिवसिय विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । शुक्रवार रक्तदान र वक्तृत्वकला प्रतियोगिता, दिप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो । संविधान दिवसको अवसरमा आईतवार दौड प्रतियोगिता र दिप प्रज्बलन गरि ३ दिवसिय कार्यक्रम सम्पन्न गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीले बताए ।







