इटहरी । उद्योग वाणिज्य संघ इटहरीको वरिष्ठ उपाध्यक्ष पदमा विष्णु नारायण डाँगी मनोनयन भएका छन्। त्यसैगरी संघको सदस्य पदमा दुर्गा थापा, सुरेश कार्की र डुन्डीराज गुरागाईं मनोनयन भएका छन्।
संघकी अध्यक्ष गायत्री कटुवाल भण्डारीले वरिष्ठ उपाध्यक्ष डाँगीसहित सदस्य पदमा मनोनयन भएका थापा, कार्की र गुरागाईंलाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन्।
अध्यक्ष भण्डारीले पद प्राप्त गर्नु वा मनोनयन हुनु मात्र ठूलो कुरा नभई पदसँग जोडिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्नु अझ महत्वपूर्ण रहेको बताएकी छन्। संस्थाको हित, संस्थाको गरिमा तथा समग्र उद्योगी–व्यवसायीको हितका लागि नवनियुक्त पदाधिकारीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरेकी छन्।
उनले सबै मनोनित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै उद्योगी–व्यवसायीको हितमा प्रभावकारी रूपमा काम गर्न आग्रहसमेत गरेकी छन्।







