बराहक्षेत्र–११ मधुवनमा बालमैत्री स्थानीय शासनको प्रारम्भिक अवस्था मापन, ५१ मध्ये ३७ सूचक पूरा
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनमा बालमैत्री स्थानीय शासनका सूचकको प्रारम्भिक अवस्था मापन तथा पञ्चवर्षीय आवधिक लगानी योजना निर्माणसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ। ‘बालबालिकामा गरेको लगानी, ल्याउँछ सुनौलो बिहानी’ भन्ने मूल नाराका साथ भदौ १४ र १५ गते सञ्चालन गरिएको कार्यशालामा वडाले बालमैत्री स्थानीय शासनअन्तर्गतका ५१ सूचकमध्ये ३७ वटा सूचक पूरा गरेको जानकारी गराइएको छ।...










