सुन्दरहरैँचा–३ मा ‘एसएस फिटनेस’ सञ्चालनमा आउँदै, स्वस्थ जीवनशैली प्रवर्द्धनमा जोड

सुन्दरहरैँचा–३ मा ‘एसएस फिटनेस’ सञ्चालनमा आउँदै, स्वस्थ जीवनशैली प्रवर्द्धनमा जोड
सुन्दरहरैँचा : स्वस्थ जीवनशैली, शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थ्यप्रति बढ्दो चासोलाई लक्षित गर्दै मोरङको सुन्दरहरैँचा–३ मा ‘एसएस फिटनेस’ सञ्चालनमा आउने भएको छ। फिटनेस तथा व्यायाममार्फत शरीरलाई स्वस्थ, सक्रिय र ऊर्जावान बनाउन सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको एसएस फिटनेसको ग्रान्ड ओपनिङ असोज १८ गते आइतबार बिहान ११ बजे हुने जनाइएको छ। फिटनेस सेन्टरमा आधुनिक व्यायाम उपकरण, अनुभवी प्रशि...

नागरिक आउन नसके, वडा घरमै पुग्छ : वडा सदस्य गुरुङ

नागरिक आउन नसके, वडा घरमै पुग्छ : वडा सदस्य गुरुङ
इटहरी । इटहरी उपमहानगरपालिका–२०, तरहरामा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि घरदैलो सेवा सुरु गरिएको छ। वडा कार्यालयसम्म आउन नसक्ने अति अशक्त तथा ज्येष्ठ नागरिक लाभग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले वडा सदस्य तनुज गुरुङ वडा कार्यालयको टोलीसहित लाभग्राहीको घर–घरमा पुग्नुभएको हो। वडा सदस्य गुरुङले जनप्रतिनिधिका रूपमा जिम्मेवारी सम्हालेदेखि नै वडा कार्यालयसम्म पुग्न कठिनाइ हुने ज्येष्...

इटहरी बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन अजितकुमार झा

इटहरी बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन अजितकुमार झा
इटहरी । चाडपर्वलाई लक्षित गर्दै सुनसरीको इटहरीस्थित बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। यात्रुको सहजता, सुरक्षा तथा यात्राका क्रममा हुनसक्ने समस्या समाधानमा सहजीकरण गर्ने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको हो। सहायता कक्षबाट यात्रुलाई गन्तव्यसम्मको यातायात, टिकट, भाडादर तथा यात्राका क्रममा आइपर्ने समस्याबारे आवश्यक जानकारी र सहजीकरण गरिने जनाइएको छ। चाडपर्वका समयमा य...

इटहरी रोजगार मेलामा ५ हजार ५ सयभन्दा बढी सहभागी, ११ जनाले पाए रोजगारीको अवसर

इटहरी रोजगार मेलामा ५ हजार ५ सयभन्दा बढी सहभागी, ११ जनाले पाए रोजगारीको अवसर
इटहरी। सुनसरीको इटहरीमा सञ्चालन भइरहेको ‘सीप तथा रोजगार मेला–२०८३’ अन्तर्गत आन्तरिक रोजगारी तथा उद्यमशीलता प्रवर्धनमा वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको उपयोगसम्बन्धी नीतिगत संवाद उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। करिब ३०० जनाको सहभागितामा सम्पन्न संवादमा वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र पुँजीलाई स्वदेशमै उपयोग गर्दै रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्धन गर्ने विषयमा छलफल ...

इटहरीमा ‘कर्पोरेट सुपर सिक्स इन्डोर क्रिकेट प्रतियोगिता–२०८३’ हुँदै

इटहरीमा ‘कर्पोरेट सुपर सिक्स इन्डोर क्रिकेट प्रतियोगिता–२०८३’ हुँदै
इटहरी। इटहरी आदर्श जायन्ट्सको आयोजनामा ‘कर्पोरेट सुपर सिक्स इन्डोर क्रिकेट प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले रामाडा बाई विन्डहम इटहरीमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो। कर्पोरेट क्षेत्रका विभिन्न संस्था, व्यावसायिक प्रतिष्ठान तथा संघ–संस्थामा कार्यरत कर्मचारीलाई क्रिकेटमार्फत एउटै मञ्चमा जोड्ने उद्देश्यले प्रतियोगि...

इटहरीमा जारी सीप तथा रोजगार मेलामा १० हजारभन्दा बढी रोजगारीको माग

इटहरीमा जारी सीप तथा रोजगार मेलामा १० हजारभन्दा बढी रोजगारीको माग
इटहरी | सुनसरीको  इटहरीमा सञ्चालन भइरहेको ‘सीप तथा रोजगार इटहरी –२०८३’ मा विभिन्न उद्योग, व्यवसाय तथा रोजगारदाताबाट ६ हजारभन्दा बढी जनशक्तिको माग आएको छ। रोजगारी खोजिरहेका व्यक्तिले मेलास्थलमै पुगेर रोजगारदातासँग प्रत्यक्ष भेटघाट गर्न सक्नेछन् भने सरकारी अनलाइन पोर्टलमार्फत उपलब्ध रोजगारी हेरेर आवेदनसमेत दिन सक्ने व्यवस्था गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी व...

मोरङ–६ कांग्रेस क्षेत्रीय अधिवेशन बहिष्कार गर्ने सभापति तामाङ पक्षको घोषणा ५ वडासभापतिको साथ, ‘विधि र विधानविपरीत हुने अधिवेशन मान्य हुँदैन’

मोरङ–६ कांग्रेस क्षेत्रीय अधिवेशन बहिष्कार गर्ने सभापति तामाङ पक्षको घोषणा ५ वडासभापतिको साथ, ‘विधि र विधानविपरीत हुने अधिवेशन मान्य हुँदैन’
सुन्दरहरैँचा : नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनलाई लिएर विवाद चर्किएको छ। विवाद समाधान नभएको भन्दै क्षेत्रीय सभापति देवराज तामाङ नेतृत्वको क्षेत्रीय कार्यसमितिले आज हुने भनिएको अधिवेशनमा सहभागी नहुने घोषणा गरेको छ। शुक्रबार सुन्दरहरैँचा–७ स्थित एसएस क्याफेमा पत्रकार सम्मेलन गर्दै तामाङले आफू क्षेत्रीय सभापतिको पदमा बहाल रहेकै अवस्थामा अर्को व्यक्तिलाई संयोजक तोकेर अधि...

भोजपुर कांग्रेसमा कैलाशकुमार आले सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित

भोजपुर कांग्रेसमा कैलाशकुमार आले सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित
भोजपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भोजपुरबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। मतदान प्रक्रियाबाट भएको प्रतिनिधि चयनमा खुला तर्फ कैलाशकुमार आलेले सर्वाधिक ७३१ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्।  भोजपुर नगरपालिकाका मेयरसमेत रहेका आलेले लगातार दुई पटक नगर प्रमुखमा निर्वाचित भएको पृष्ठभूमिसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए। विद्यार्थी मोर्चाबाट र...

भोटेकोशी बाढीपीडितका लागि अमेरिका नेपाल सहयोगी समाजद्वारा ९३ हजार डलर सहयोग

भोटेकोशी बाढीपीडितका लागि अमेरिका नेपाल सहयोगी समाजद्वारा ९३ हजार डलर सहयोग
भोजपुर | अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरूको सक्रियतामा स्थापित अमेरिका नेपाल सहयोगी समाज (ANHS) ले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि करिब ९३ हजार अमेरिकी डलर सहयोग गरेको छ। अमेरिकाको भर्जिनियामा सक्रिय समाजले राहत तथा पुनर्स्थापनाका लागि संकलन गरेको ९२ हजार ९६४ अमेरिकी डलर, अर्थात् करिब १ करोड ४२ लाख नेपाली रुपैयाँ, नेपाल सरकारलाई हस्ता...

कोशीमा गाँजा ओसारपसारको जालो : ५६४ किलो गाँजासहित गाडी नियन्त्रणमा, चालक फरार

कोशीमा गाँजा ओसारपसारको जालो : ५६४ किलो गाँजासहित गाडी नियन्त्रणमा, चालक फरार
योगेन्द्र योगी सुन्दरहरैंचा (मोरङ) : कोशी प्रदेश हुँदै ठूलो परिमाणमा गाँजा ओसारपसार हुने क्रम बढ्दै गएको संकेत देखिएको छ। सुनसरीको बर्जु गाउँपालिका–२ स्थित विराटनगर–बेलाहा सडकखण्डबाट प्रहरीले ५६४ किलो गाँजासहित एउटा गाडी नियन्त्रणमा लिएपछि कोशी प्रदेश गाँजा ओसारपसारको सम्भावित ‘ट्रान्जिट पोइन्ट’ बन्दै गएको विषय फेरि चर्चामा आएको छ। बुधबार राति करिब ११ः४० बजे विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको...