राधाकृष्ण रथयात्रामा भक्तजनलाई पानी वितरण
इटहरी | राधाकृष्ण रथयात्राको अवसरमा किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडअन्तर्गतको पूर्वी गैसार साकोस युवा क्लबको आयोजना तथा लियो क्लब अफ इटहरी पाथिभराको व्यवस्थापकीय सहयोगमा पिउने पानी वितरण कार्यक्रम सम्पन्न भएको छ।
रथयात्रामा सहभागी भक्तजन तथा सर्वसाधारणलाई लक्षित गरी रथयात्राको मार्गमा पिउने पानी वितरण गरिएको हो। धार्मिक तथा सामाजिक गतिविधिमा सहभागी सर्वसाधारणलाई सहज होस् भन्ने उद्...










