पूर्वप्रधानन्यायाधीश जबरासँगको सम्पर्कपछि ईनम सापकोटामाथि अनुसन्धान, उच्च तहका व्यक्तिसँगको सम्बन्धबारे खोजी
काठमाडौं । बाहिरबाट सामान्य देखिने ३० वर्षीय ईनम सापकोटाको उच्च राजनीतिक तथा प्रशासनिक तहका व्यक्तिहरूसँगको सम्पर्कबारे अनुसन्धान अघि बढाइएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल परीक्षणका क्रममा सापकोटासँग सम्बन्धित सम्पर्क विवरण फेला परेपछि प्रहरीले उनीमाथि अनुसन्धान थालेको बताइएको छ।
प्राप्त विवरणअनुसार, सापकोटाको पूर्वप्रधानन्यायाधीश जबराका छोरासँग विद्यालयमा अध्ययन गर्दादेख...










