सेवामुखी राजनीतिलाई प्राथमिकता दिँदै सन्थालियाको उम्मेदवारी
सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. ३ बाट प्रदीप कुमार सन्थालियाले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।
‘जितको होइन, सेवाको लागि जनताको साथमा’ भन्ने मूल भावनासहित उम्मेदवारी प्रस्तुत गरेका सन्थालियाले पार्टीलाई थप सबल, संगठित र जनमुखी बनाउन आफू सक्रिय रहने बताएका छन्।
सन्थालियाले राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूल आदर्शलाई आत्मसात् गर्...










