एप्पल ट्री एकेडेमीद्वारा विपद् प्रभावितका लागि रु. १ लाख ११ हजार १११ सहयोग
इटहरी । भोटेकोशी, रसुवा, नुवाकोट र त्रिशूली क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि इटहरी–२०, तरहरास्थित एप्पल ट्री एकेडेमीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ११ हजार १११ सहयोग प्रदान गरेको छ।
विद्यालयका अनुसार उक्त सहयोग रकम विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यालय प्रशासनको सामूहिक प्रयास तथा स्वेच्छिक योगदानबाट संकलन गरिएको हो।
विप...










