मोरङ–६ कांग्रेस क्षेत्रीय अधिवेशन बहिष्कार गर्ने सभापति तामाङ पक्षको घोषणा ५ वडासभापतिको साथ, ‘विधि र विधानविपरीत हुने अधिवेशन मान्य हुँदैन’
सुन्दरहरैँचा : नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनलाई लिएर विवाद चर्किएको छ। विवाद समाधान नभएको भन्दै क्षेत्रीय सभापति देवराज तामाङ नेतृत्वको क्षेत्रीय कार्यसमितिले आज हुने भनिएको अधिवेशनमा सहभागी नहुने घोषणा गरेको छ।
शुक्रबार सुन्दरहरैँचा–७ स्थित एसएस क्याफेमा पत्रकार सम्मेलन गर्दै तामाङले आफू क्षेत्रीय सभापतिको पदमा बहाल रहेकै अवस्थामा अर्को व्यक्तिलाई संयोजक तोकेर अधि...










