इटहरी कांग्रेस सभापतिमा विकास केसीको दाबी बलियो, सर्वसम्मतको प्रयास
इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आगामी असोज ३ र ४ गते हुने वडा अधिवेशन तथा असोज ७ गते हुने पालिका अधिवेशनको मिति नजिकिएसँगै इटहरीमा कांग्रेसको आन्तरिक राजनीतिक सरगर्मी बढेको छ। स्थानीय नेता तथा कार्यकर्ताहरू छलफल, भेटघाट र उम्मेदवारी तयारीमा सक्रिय भएका छन्।
यसैबीच इटहरी उपमहानगरपालिका कांग्रेस सभापतिका लागि विकास केसीको दाबी बलियो बन्दै गएको बताइएको छ। केसी निकट स्रोतका अनुसार ...










