स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

इटहरीको आपगाछीस्थित काका भतिज रिसोर्ट एण्ड बारले मनायो पहिलो वार्षिकोत्सव

इटहरी | इटहरी वडा नम्बर १ शान्ति चोक स्थित सोल्टी वेस्टएन्ड अगाडि रहेको काका भतिज रिसोर्ट एण्ड बारले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ।

वार्षिकोत्सवको अवसरमा रिसोर्टले ग्राहकहरूका लागि विशेष खानाका परिकार तथा सेवा प्रदान गर्दै कार्यक्रम मनाएको हो। सो अवसरमा होटलका सञ्चालक, कर्मचारी तथा उपस्थित ग्राहकहरू भेला भई केक काटेर हर्षोल्लासका साथ वार्षिकोत्सव मनाएका थिए।
रिसोर्टका सञ्चालक फडिन्द्र श्रेष्ठले छोटो समयमै ग्राहकहरूको राम्रो साथ र विश्वास पाएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट सेवा र स्वादिष्ट परिकार उपलब्ध गराउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

ग्राहकको चाहना अनुसारका विभिन्न परिकार उपलब्ध गराउँदै रिसोर्टले स्थानीय ग्राहकसँगै बाहिरबाट आउने पाहुनाको समेत रोजाइ बन्दै गएको उनले बताए।
काका भतिज रिसोर्ट एण्ड बारमा विशेषगरी कुकर मम, स्यापुमिचा, पिजा, बर्गर, चिकेन मड्का बिरियानी, किमा नुडल्स, सेकुवा, लाफिङ, पिय पदार्थका खानेकुरा हरू लगायतका विभिन्न परिकार पाइने गरेको छ। स्वादिष्ट खाना, सहज वातावरण र ग्राहकमैत्री सेवाका कारण रिसोर्टले छोटो समयमै राम्रो पहिचान बनाउँदै गएको सञ्चालकको भनाइ छ।
रिसोर्टले आगामी दिनमा सेवा थप विस्तार गर्दै ग्राहकहरूलाई अझ गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *