स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

नयाँ घरको पूजा सकेर मन्दिर हिँडेको जिसी परिवार: न मन्दिर पुग्न पायो, न घर नै फ’र्कियो

“जन्मँदै छैठौँ दिनमा भावीले मृ’त्युको मिति लेखिदिन्छन्” भन्ने भनाइ दाङको यमबहादुर जिसीको परिवारमा एउटा क्रू’र यथार्थ बनेर आइदियो। वैशाख १६ गते मात्रै धुमधामका साथ नयाँ महलजस्तो घर बनाएर गृहप्रवेशको पूजा सकेको यो परिवारको खुसी २४ घण्टा पनि टिक्न पाएन।

अघिल्लो दिन नयाँ घरमा सरेको खुसीयाली साटेको जिसी परिवार अर्को दिन अर्थात् वैशाख १७ गते वैशाखे पूर्णिमाको अवसर पारेर रोल्पाको प्रसिद्ध जलजला मन्दिरमा भा’कल बुझाउन निस्किएको थियो। धर्म-कर्ममा अगाध विश्वास राख्ने यो परिवारले नेपालका धेरै मठ-मन्दिरहरू धाइसकेको थियो। तर, यसपटक भगवान्‌ले पनि यो परिवारमाथि कु’दृष्टि लगाएझैँ भयो।

पूर्वि रुकुमबाट जलजला मन्दिर पुग्न मात्र आधा घण्टा बाँकी छँदा उनीहरू सवार जिप रोल्पाको थबाङ गाउँपालिका वडा नं. १ र ४ को सिमानामा पर्ने भि’रबाट करिब ८०० मिटर तल ख’स्यो। सोही दु’र्घ’ट’नामा जिसी परिवारका ७ सदस्यसहित कुल २१ जनाको घ’ट’नास्थलमै मृ’त्यु भयो। न त यो परिवारले जलजला पुगेर भा’कल पूरा गर्न पायो, न त अघिल्लो दिन पूजा गरेको त्यो नयाँ घरमा फ’र्किन नै।

धन सबैको नहोला, तर नि’धन सबैको निश्चित छ भन्ने सत्यलाई यो घटनाले फेरि एकपटक पुष्टि गरिदिएको छ। एउटै परिवारका ७ सदस्यको चि’ता एकै ठाउँमा ब’ल्दा सिङ्गो देश नै स्तब्ध बनेको छ। नि’यतिको यो कस्तो खेल, जहाँ अघिल्लो दिनको उत्सव भोलिपल्टै कहिल्यै नपुरिने शो’कमा बदलियो।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *