स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

सुन्दरबाटिका एकेडेमीमा पुरस्कार वितरण तथा दीक्षान्त समारोह

सुन्दरहरैँचा / सुन्दरहरैंचा–७, मोरङस्थित सुन्दरबाटिका एकेडेमी मा आयोजित दुईदिने “पुरस्कार वितरण तथा दीक्षान्त समारोह” उत्साहपूर्ण रूपमा सम्पन्न भइरहेको छ।

वैशाख २७ गतेदेखि सुरु भएको कार्यक्रम वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा प्रदर्शन, सम्मान तथा अभिभावक सहभागितालाई प्राथमिकता दिइएको छ। पहिलो दिन हजुरबा–हजुरआमा सम्मान, साना कक्षाका विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति तथा “सुन्दरबाटिका सिङ्गिङ आइडल सिजन–४” को फाइनल आकर्षण बनेको थियो। साथै यूकेजी उत्तीर्ण विद्यार्थीहरूको दीक्षान्त समारोह र फोटो प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ।

विद्यालयका प्रिन्सिपल बिनोद फुयालका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास, सिर्जनशीलता र नेतृत्व क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। समारोह अवधिभर नयाँ विद्यार्थी स्वागत कार्यक्रम तथा निःशुल्क दन्त शिविर पनि सञ्चालन गरिएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *