स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

सीमापार आवतजावत निगरानीमा जोगबनी नाकाबाट विराटनगर प्रवेश गर्दा ‘आईडी अनिवार्य’

विराटनगर | जोगबनी नाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुमाथि सुरक्षा निगरानी कडा बनाइएको छ।

मोरङ प्रशासनले सीमा क्षेत्रमा हुने अवैध गतिविधि, शंकास्पद आवतजावत र अनधिकृत प्रवेश नियन्त्रण गर्न परिचयपत्र जाँचलाई अनिवार्य बनाएपछि नाकामा सुरक्षा सतर्कता उल्लेख्य रूपमा बढेको हो।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार अब भारतबाट नेपाल प्रवेश गर्ने हरेक व्यक्तिले परिचय खुल्ने आधिकारिक कागजात वा विश्वासिलो आधार प्रस्तुत गर्नुपर्नेछ। केही दिनदेखि परीक्षणका रूपमा सुरु गरिएको व्यवस्था मंगलबारदेखि नियमित रूपमा लागू गरिएको प्रशासनले जनाएको छ।

सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ भने तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेर यात्रु तथा सामानको निगरानी बढाइएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसहित सुरक्षा अधिकारीहरू स्वयं नाकामा पुगेर सुरक्षा अवस्थाको अनुगमनमा खटिएका थिए।

विशेषगरी कोलकाताबाट जोगबनीसम्म सञ्चालन हुने रेल सेवामार्फत सीमाक्षेत्रमा शंकास्पद गतिविधि हुन सक्ने आकलनसहित निगरानी बढाइएको बताइएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *