Helo world this is nepal and testinb blog post

Listen to this article
1 minute read


धरान | प्राइम भिजनको अभिमुखीकरण : एडिएचएम र इन्फर्मेशन टेक्नोलोजी पढ्ने विद्यार्थी लाभान्वित
कलेजले एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट र इन्फर्मेशन टेक्नोलोजीका नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण सम्पन्न गरेको छ ।
शैक्षिक सत्र २०८३ का कक्षा ११ मा अध्ययन गर्ने एड्भान्स डिप्लोमा इन हस्पिटालिटी म्यानेजमेन्ट (एडिएचएम) तथा एड्भान्स डिप्लोमा इन इन्फर्मेशन टेक्नोलोजी (एडिआईटी) का नव आगन्तुक विद्यार्थीका अभिमुखीकरण गरेको हो ।
इटहरीस्थित रामाडा बाइ विन्धम होटलमा ५० बढी नव आगन्तुक विद्यार्थीलाई कलेजका प्रमुख कार्यकारी अधिकृत अभिषेक श्रेष्ठले कलेजको परिचय, शैक्षिक विशेषता, व्यावसायिक शिक्षा तथा विद्यार्थीहरूको भावी करियर विकासका अवसरहरूबारे जानकारी गराए ।

अभिमुखीकरणमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आजको प्रतिस्पर्धात्मक विश्वमा विद्यार्थीहरूलाई शैक्षिक ज्ञान मात्र नभई व्यावहारिक सीप, अन्तर्राष्ट्रिय स्तरको एक्सपोजर र रोजगारमुखी शिक्षा आवश्यक रहेको उल्लेख गरे । उनले प्राइम भिजनले यिनै पक्षहरूलाई प्राथमिकतामा राखेर शिक्षा प्रदान गरिरहेको बताए । कार्यक्रमका विशेष अतिथि ‘एलसीसीआई जीक्यू’ का ‘पार्टनरसीप हेड’ दिवस योन्जनले विद्यार्थीहरूलाई धरानमै बसेर अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त भइरहेको बताए ।

उनले प्राइम भिजन इन्टरनेशनल कलेजमार्फत विद्यार्थीहरूले विश्वस्तरीय पाठ्यक्रम, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र तथा विश्वव्यापी करियरका अवसरहरू हासिल गर्न सक्ने बताए । साथै, यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको आत्मविश्वास र व्यावसायिक क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।

कलेजको निर्देशक दुर्गा सुवेदीले सम्पूर्ण विद्यार्थीलाई स्वागत गर्दै सफल शैक्षिक यात्राको शुभकामना दिए । उनले विद्यार्थीहरूलाई अनुशासित, मिहिनेती र लक्ष्यप्रति प्रतिबद्ध रहन प्रेरित गरे । कलेजले उनीहरूको उज्ज्वल भविष्य निर्माणका लागि आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा विद्यार्थीहरूलाई रामाडा बाइ विन्धम होटलमा स्वागत नास्ताको व्यवस्था थियो । विद्यार्थीले होटलका विभिन्न विभागको अवलोकन भ्रमण गरे । सो क्रममा विद्यार्थीले होटल उद्योगको वास्तविक कार्य प्रणाली तथा व्यावसायिक वातावरणबारे प्रत्यक्ष जानकारी लिएका थिए ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *