झ्वाट्टै डेलिभरीद्वारा ‘विश्वकप विजेता अनुमान’ प्रतियोगिता, विजेतालाई ५ हजार रुपैयाँको फुड भौचर

Listen to this article
1 minute read

इटहरी । इटहरीस्थित झ्वाट्टै डेलिभरी सर्भिसले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै ‘Predict World Cup Winner and Win’ नामक विशेष प्रतियोगिता सार्वजनिक गरेको छ।

फुटबलप्रेमीहरूलाई विश्वकपको उत्साहसँगै आकर्षक उपहार जित्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिताआयोजना गरिएको झ्वाट्टैले जनाएको छ। प्रतियोगितामा सहभागीहरूले आफूले अनुमान गरेको विश्वकप विजेताटोलीको नाम पठाउनुपर्नेछ।

झ्वाट्टैका अनुसार प्रतियोगिता जुन १२ देखि जुलाई १९ (फाइनल खेलअघिसम्म सञ्चालन हुनेछ। सही अनुमानगर्ने सहभागीहरूमध्येबाट लक्की ड्रमार्फत एक जना विजेता छनोट गरिनेछ।

विजेताले ५ हजार रुपैयाँ बराबरको फुड भौचर प्राप्त गर्नेछन्। साथै विजेताको घोषणा प्रत्यक्ष (लाइभलक्कीड्रमार्फत गरिने जनाइएको छ।

झ्वाट्टै डेलिभरी सर्भिसले फुटबल  युवामाझ बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै यस्ता सिर्जनात्मककार्यक्रममार्फत ग्राहकसँगको सम्बन्ध अझ मजबुत बनाउने प्रयास गरिरहेको जनाएको छ।

इटहरीसुनसरीलाई केन्द्र बनाएर सेवा प्रदान गर्दै आएको झ्वट्टैले विश्वकप २०२६ को माहोललाई थप रोमाञ्चकबनाउन प्रतियोगितामा सहभागी हुन सम्पूर्ण फुटबल समर्थकलाई आग्रह गरेको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *