इटहरी | एसइई दिएर बसेका विद्यार्थीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित मिस्टर एण्ड मिस फेस एसइई सिजन-१ ग्रान्ड फिनाले भव्य रूपमा सम्पन्न भएको छ। मङ्गलबार सम्पन्न ग्रान्ड फिनालेमा १२ जना प्रतिस्पर्धीहरूले अन्तिम उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताको मुख्य उपाधितर्फ सौजन लिम्बू र जस्मिता विश्वकर्मा विजेता घोषित भए। सौजनले ‘बेस्ट मोडल’ अवार्ड समेत जितेका छन् भने जस्मिताले ‘हार्डवेयर किङ अवार्ड’ आफ्नो नाममा पारिन्। विजेताद्वयले प्लस टु तहमा म्यानेजमेन्ट तथा होटल म्यानेजमेन्ट विषय अध्ययनका लागि रु. ५ लाख बराबरको पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्।
यसैगरी निशान बराइली र नम्रता विश्वकर्मा फर्स्ट रनरअप घोषित भए। उनीहरूले ट्रफीसहित निःशुल्क कम्प्युटर कोर्ष र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे। त्यस्तै सोहन थापा र एन्जिला गुरुङ सेकेन्ड रनरअप बनेर ट्रफी, निःशुल्क ट्युसन कोर्ष तथा आकर्षक गिफ्ट ह्याम्पर हात पार्न सफल भए।
सब-टाइटलतर्फ निशान बराइलीले ‘मस्ट फोटोजनिक’, ‘मस्ट डेडिकेटेड’, ‘बेस्ट इन मल्टिमिडिया’ र ‘मस्ट एम्बिसियस’ अवार्ड जित्दै सर्वाधिक उपाधि आफ्नो नाममा पारे। नम्रता विश्वकर्माले ‘मस्ट ट्यालेन्ट’ र ‘बेस्ट पर्सनालिटी’ अवार्ड जितिन् भने एन्जिला गुरुङ ‘मस्ट पन्चुअल’ घोषित भइन्।
यस्तै शिव विष्ट ‘ब्रान्ड एम्बेसेडर’ चयन हुँदै ‘मस्ट चार्मिङ’ अवार्डका विजेता बने। सुशासन पुरी ले ‘अर्गनाइजर चोइस’ र ‘बेस्ट इन वाक’ उपाधि जिते भने राघव बस्नेत ले ‘मस्ट डिसिप्लिन’ र सोहन थापाले ‘मस्ट इन्टेलिजेन्ट’ अवार्ड प्राप्त गरे।
कार्यक्रमलाई सफल बनाउन अनिल खड्का र रविना रसाइली को नेतृत्व रहेको थियो। साथै अंकित ढुङ्गाना, उमेश खड्का, उर्मी मगर र सरोज पुरी लगायतको व्यवस्थापन टोलीको सक्रिय भूमिकामा प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।













