इटहरीमा बन्ने भयो कोशी प्रदेशकै ठूलो रिसोर्ट तथा सम्मेलन केन्द्र

Listen to this article
1 minute read

इटहरी  इटहरीमा कोशी प्रदेशकै ठूलो रिसोर्ट तथा सम्मेलन केन्द्र बन्ने भएको   चार हजार मानिस अटाउनेक्षमताको एबी हस्पिटालिटी – विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर बन्ने भएको हो  यस सेन्टरको निर्माणसँगैइटहरी मात्र नभई पूर्वी नेपालकै पर्यटन तथा आतिथ्यता क्षेत्रमा महत्वपूर्ण उपलब्धी कायम हुने विश्वास व्यक्तगरिएको  

सेन्टर निर्माणको लागि आवश्यक वित्तीय व्यवस्थापनको काम बुधबार सम्पन्न भएको हो  परियोजनाको वित्तीयसमापन एभरेष्ट बैंक लिमिटेड  मुक्तिनाथ विकास बैंक लिमिटेड को सहकार्यमा सम्पन्न भएको हो 

एबी इन्भेष्टमेन्ट होल्डिङका अध्यक्ष देशबन्धु बस्नेतको टिमले सेन्टर निर्माण गरिरहेको हो  बस्नेतले हालै मात्रमर्क्युर काठमाडौं  रामाडा बाई विन्धम इटहरी नामक दुई पाँच तारे होटल सञ्चालनमा ल्याएका छन्  इटहरीमाबन्न लागेको सेन्टर उनको तेस्रो अन्तर्राष्ट्रिय स्तरको आतिथ्यता परियोजना हो 

नेपालका साथै भारतका ठूला विवाह तथा सम्मेलन लक्षित

यो परियोजनाले पूर्वी नेपाललाई पर्यटनव्यवसायिक कार्यक्रमगन्तव्य विवाहराष्ट्रिय तथा अन्तर्राष्ट्रियसम्मेलन  प्रदर्शनीको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको   इटहरीमा सुविधासम्पन्न सम्मेलनकेन्द्र तथा प्रदर्शनी गृहको आवश्यकता खट्किरहेको समयमा यो अन्तर्राष्ट्रियस्तरको केन्द्रले इटहरीका साथैकोशी प्रदेश  भारतका आयोजकहरुलाई पनि कार्यक्रमहरु गर्ने ठाउँ उपलब्ध गराउने भएको हो 

इटहरीको भाटभटेनी नजिकै बन्ने यो परियोजना विराटनगरइटहरीधरान आर्थिक तथा पर्यटन करिडोरलाईनेपालकै प्रमुख सम्मेलन गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन सोचसँग जोडिएको   भारतभुटान बंगलादेशबाट बढ्दो पर्यटक तथा व्यवसायिक आवागमनसुधार हुँदै गएको पूर्वाधार तथा पर्यटन सम्भावनालेपूर्वी नेपाललाई दक्षिण एशियाको उदीयमान पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार गर्ने विश्वासबस्नेतले व्यक्त गरेका छन् 

कोशीटप्पुदेखि भेडेटारटिएमजे आदि पुर्वका पर्यटकीय गन्तव्यहरु इटहरीबाट सजिलै पुगिने हुँदा वैवाहिकसमारोह तथा कार्यक्रमहरुमा आउने सहभागिहरुले समयको भरपुर उपयोग गर्न सक्नेछन्  यसका साथै सेन्टरमाआगन्तुकहरुका लागि रिसोर्टमा पाइने विविध सुविधा उपलब्ध हुनेछ 

बस्नेतले बैंकिङ साझेदारलगानीकर्तापरामर्शदातासरकारी निकायहरुप्रति आभार व्यक्त गदै यो परियोजनाकेवल एउटा होटल वा कन्भेन्सन सेन्टर नभई पूर्वी नेपालको आर्थिक विकासरोजगारी सिर्जनानिजी क्षेत्रकोलगानी विस्तार तथा पर्यटन उद्योगको समग्र रूपान्तरणको आधारस्तम्भ बन्ने विश्वास व्यक्त गरे 

परियोजना सञ्चालनमा आएपछि यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौं रोजगारी सिर्जना गर्नुका साथैस्थानीय व्यवसायकृषि उत्पादनसेवा क्षेत्र तथा पर्यटन मूल्य श्रृंखलामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएकोछ। पूर्वी नेपाललाई नेपालभारतभुटान  बंगलादेशलाई जोड्ने पर्यटन तथा व्यवसायिक प्रवेशद्वारका रूपमाविकास गर्ने अभियानमा एबी हस्पिटालिटी – विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर एक कोसेढुङ्गा सावित हुनेसेन्टरका परिकल्पनाकार तथा व्यवस्थापक प्रभात कार्कीले बताए 

आफ्नो ठाउँ बनाउने हुटहुटी

बस्नेत  कार्की दुवै इटहरीका हुन्  बस्नेत परिवार इटहरीको औद्योगिक  व्यापारिक विरासत बोकेको परिवार होभने कार्की इटहरीका पुर्व प्रधानपञ्च प्रेमबहादुर कार्कीका छोरा हुन्  आफ्नो ठाउँको लागि केही गर्ने हुटहुटीले योउपलब्धी दिलाएको उनीहरु बताउँछन्  

यो सेन्टर पुर्वको आवश्यकता थियो  मेरो अनि देशबन्धु दाईको गृहनगर भएको हिसाबले पनि इटहरी नै हाम्रोरोजाइ थियो,’ कार्कीले भने, ‘देशबन्धु दाईको नेतृत्वमा इटहरीले पाएको अर्को उपलब्धी हो योइटहरीमा अरु पनिधेरै काम योजनामा छन् 

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *