डेराभित्रै मृ,त फेला परिन् २३ वर्षीया स्वास्थ्यकर्मी अनिशा धामी

Listen to this article
1 minute read


खोटाङ — खोटाङको बराहपोखरी गाउँपालिका–१ स्थित स्वास्थ्य चौकीमा कार्यरत २३ वर्षीया स्वास्थ्यकर्मी अनिशाकुमारी धामी आफ्नै डेराको कोठाभित्र मृ,त अवस्थामा फेला परेकी छन्।


बझाङ घर भएकी धामी सोही वडाकी मुना तामाङको घरमा डेरा गरेर बस्दै आएकी थिइन्। आइतबार बिहानदेखि कोठाबाट बाहिर ननिस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले भित्रबाट बन्द रहेको ढोका खोलेर हेर्दा उनलाई मृ,त अवस्थामा फेला पारेको जनाएको छ।


जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन। शवलाई आवश्यक प्रक्रिया तथा परीक्षणका लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *