सौराहामा नेपाल जेसीजको महासचिव भेला भव्य रूपमा सम्पन्न

Listen to this article
1 minute read


चितवन | नेपाल जेसीज वर्ष २०२६ अन्तर्गत देशभरका शाखा महासचिवहरूको सहभागितामा आयोजित महासचिव भेला चितवनको सौराहास्थित होटल टाइगर लग्जरीमा भव्य रूपमा सम्पन्न भएको छ। सौराहा जेसीजका महासचिव जेसी केशव अर्याल तथा सौराहा लेडी जेसीजका महासचिव जेसी लक्ष्मी गोदारको आतिथ्यतामा सम्पन्न उक्त भेलामा देशभरका ५० भन्दा बढी शाखाका महासचिवहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल जेसीजको संगठनात्मक सुदृढीकरण, नेतृत्व विकास, अनुभव आदानप्रदान तथा शाखाहरूबीच समन्वय अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय महासचिव अमर घिमिरे लगायत राष्ट्रिय पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी महासचिवहरूले शाखा सञ्चालनका अनुभव, चुनौती तथा आगामी कार्ययोजनाका विषयमा खुला छलफल गरेका थिए।
भेलाका क्रममा महासचिवहरूको भूमिका, संस्थागत सुशासन, अभिलेख व्यवस्थापन, नेतृत्व क्षमता विकास तथा प्रभावकारी संगठन सञ्चालनका विषयमा विभिन्न प्रस्तुति तथा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएका थिए। सहभागीहरूले आ-आफ्ना शाखामा भएका उत्कृष्ट अभ्यास, सफल कार्यक्रम तथा भावी योजनाहरू प्रस्तुत गर्दै एकअर्काबाट सिक्ने अवसर प्राप्त गरेका थिए।
कार्यक्रमलाई थप आकर्षक र स्मरणीय बनाउन सहभागीहरूका लागि चितवन राष्ट्रिय निकुञ्ज, हात्ती प्रजनन केन्द्र तथा निकुञ्ज सफारी भ्रमणको व्यवस्था गरिएको थियो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण सौराहाको वातावरणमा आयोजित उक्त भ्रमणले सहभागीहरूलाई मनोरञ्जनसँगै वन्यजन्तु संरक्षण र पर्यावरणीय महत्वबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरेको थियो।
सौराहा लेडी जेसीजका महासचिव जेसी लक्ष्मी गोदारका अनुसार कार्यक्रमले देशभरका महासचिवहरूबीच आपसी सम्बन्ध विस्तार, मित्रता सुदृढीकरण तथा संस्थागत सहकार्यलाई थप मजबुत बनाएको छ। उहाँले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, शाखा तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
यस्तै, सहभागी महासचिव जेसी शिशिर तामाङले यस्ता भेलाहरूले विभिन्न शाखाबीच अनुभव आदानप्रदान गर्न, नेतृत्व क्षमता अभिवृद्धि गर्न तथा संस्थाप्रति थप जिम्मेवार बन्न महत्वपूर्ण प्रेरणा प्रदान गर्ने बताउनुभयो। उहाँले कार्यक्रमले भविष्यमा शाखाहरूबीच सहकार्य र

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *