रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन : चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

Listen to this article
1 minute read

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ। आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीले देशैभर सांगठनिक अधिवेशनहरूलाई व्यापक रूपमा अगाडि बढाएको हो।

हालसम्मको सांगठनिक प्रगति विवरण अनुसार पार्टीले देशका कुल ४ हजार ३ सय ६३ वडाहरूमा सफलतापूर्वक वडा अधिवेशन सम्पन्न गरिसकेको छ। वडा तहसँगै स्थानीय निकायस्तरमा पनि उत्साहजनक सहभागिता देखिएको छ, जसअन्तर्गत हालसम्म ६ सय ९ वटा पालिकाहरूमा अधिवेशन सम्पन्न भइसकेका छन्।

जिल्ला र प्रदेशस्तरका अधिवेशनहरूमा पनि पार्टीले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। देशभरका कुल ६४ वटा जिल्लाहरूमा जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन् भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन पनि पूर्ण रूपमा सम्पन्न भइसकेको छ।

हाल मधेस प्रदेशको अधिवेशन भने विशेष कारणवश स्थगन गरिएको छ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अधिवेशन प्रक्रिया चालु अवस्थामा रहेको छ।

यसैगरी, केही जिल्लाहरूमा भने अधिवेशन हुन बाँकी रहेको वा प्रक्रिया सुरु भएर रोकिएको अवस्था छ। कर्णाली प्रदेशको डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशको मनाङ र मुस्ताङ तथा मधेस प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाही जिल्लामा अहिलेसम्म अधिवेशन हुन सकेको छैन।

त्यस्तै, सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट जिल्लामा भने अधिवेशनको प्रक्रिया सुरु भएता पनि हाललाई ती प्रक्रियाहरू स्थगन गरिएका छन्। यी बाँकी रहेका तथा स्थगन भएका क्षेत्रहरूबाहेक अन्य अधिकांश स्थानमा संगठन सुदृढीकरण गर्दै रास्वपा असारको पहिलो हप्ता चितवनमा हुने महाधिवेशनलाई भव्य रूपमा सफल पार्ने तयारीमा केन्द्रित भएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *