इटहरीमा ‘गोरखाली फिटनेस’ सञ्चालनमा

Listen to this article
1 minute read

इटहरी | सुनसरीको इटहरीस्थित आपगाछीमा युवा व्यवसायी दिपक बिष्ट ले ‘गोरखाली फिटनेस’ सञ्चालनमा ल्याएका छन्। बुधबार आयोजित एक औपचारिक समारोहबीच फिटनेस सेन्टरको उद्घाटनसँगै सेवा सुरु गरिएको हो।

अत्याधुनिक उपकरण, प्रमाणित प्रशिक्षक तथा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई लक्षित गरी शारीरिक व्यायाम, जुम्बा लगायतका फिटनेस सेवा प्रदान गर्ने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको सञ्चालक बिष्टले जानकारी दिए।

फिटनेस सेन्टरको उद्घाटन अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपाललाई विभिन्न समयमा स्वर्ण पदक दिलाएका बडिबिल्डर ललित धिमाल, बडिबिल्डिङ खेलमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका राम दाहाल तथा रतन कार्की ले संयुक्त रूपमा गरेका थिए।

उद्घाटन कार्यक्रममा इटहरीका विभिन्न सामाजिक व्यक्तित्व, शिक्षक, बुद्धिजीवी, जनप्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

सञ्चालक बिष्टका अनुसार फिटनेस सेन्टर नवीनतम प्रविधियुक्त उपकरणसहित सञ्चालनमा ल्याइएको हो। “स्वस्थ जीवनशैली हाम्रो प्रमुख लक्ष्य हो,” उनले भने।

जिममा कार्डियो, स्ट्रेन्थ ट्रेनिङ, फङ्सनल वर्कआउट लगायत आवश्यक सबै प्रकारका फिटनेस उपकरण उपलब्ध गराइएको छ। साथै प्रशिक्षित प्रशिक्षकहरूको नियमित मार्गदर्शन तथा व्यक्तिगत फिटनेस योजना (पर्सनल ट्रेनिङ) को सुविधासमेत प्रदान गरिने जनाइएको छ।

स्वास्थ्य तथा फिटनेसप्रति बढ्दो चासोलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याइएको ‘गोरखाली फिटनेस’ स्थानीय बासिन्दाका लागि नयाँ फिटनेस गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *