सासुमाथि ज्वाइँले गरे चक्कु आक्रमण

Listen to this article
1 minute read

लेनदेनको विषय कटुतामा बदलिएपछि पोखरामा ज्वाइँले आफ्नै सासुमाथि चक्कु प्रहार गरेका छन्। 

चक्कु प्रहार गर्ने ज्वाइँ लमजुङको मध्यनेपाल नगरपालिका २ का ध्रुवराज अधिकारी हुन् भने सख्त घाइते बनेकी सासु मुना तिवारीको घर पोखरा २८, माझथाना हो। तिवारी पोखराको बिरौटाको राममन्दिरनेर बस्दै आएकी थिइन्।

बिरौटामै पुगेर ज्वाइँ ध्रुवले सासुमाथि आक्रमण गरेका हुन्। चक्कु प्रहारबाट घाइते तिवारीको पेट, ढाड र छातीमा चोट लागेको छ।

उनलाई उपचारका लागि पोखरा–१७ स्थित नोबेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीको भनाइ छ।

घटनामा चक्कु प्रहार गर्ने व्यक्तिकी श्रीमती तथा घाइतेकी छोरी २८ वर्षीया संगीता तिवारीको पनि संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *