सुन्दरहरैँचामा पाठेघरको मुख तथा स्तन क्यान्सरको निःशुल्क जाँच अभियान सुरु

Listen to this article
1 minute read

सुन्दरहरैँचा / महिलाहरूमा बढ्दो क्यान्सरको जोखिम न्यूनीकरण गर्दै समयमै रोग पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको “सेभ मदरहुड क्याम्पेन” अन्तर्गत पाठेघरको मुख (सर्भाइकल) तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम सुन्दरहरैँचा नगरपालिकामा सुरु भएको छ।

कल्पा इम्पावर वुमन नेपालको पहल, नेपाल बैंक लिमिटेड को संस्थागत सामाजिक उत्तरदायित्व (CSR) सहयोग तथा सुन्दरहरैँचा नगरपालिका र सम्बन्धित वडा कार्यालयहरूको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको उद्घाटन कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू ले गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता सुन्दरहरैँचा–२ का वडा अध्यक्ष विवस प्रधानले गर्नुभएको थियो। कार्यक्रममा सुन्दरहरैँचा–१२ का वडा अध्यक्ष रोशनप्रसाद ढकाल, समाजसेवी तथा युवा व्यवसायी देवराज तामाङ, विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समाजसेवी तथा युवा व्यवसायी तामाङका अनुसार शिविरबाट महिलाहरूलाई सहयोग पुगेको बताउनुभयो ।

आयोजकका अनुसार असार ८ र ९ गते सुन्दरहरैँचा–२ स्थित मृगौलिया आधारभूत स्वास्थ्य केन्द्रमा तथा असार १० गते सुन्दरहरैँचा–१२ स्थित इन्द्रपुर आधारभूत स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरिनेछ। बिहान १० बजेदेखि सञ्चालन हुने शिविरमा महिलाहरूको पाठेघरको मुख तथा स्तन क्यान्सरको प्रारम्भिक परीक्षण गरिनेछ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री लिम्बूले महिलाको स्वास्थ्य सुरक्षाका लागि यस्ता निःशुल्क स्वास्थ्य शिविर प्रभावकारी हुने बताउनुभयो। समयमै परीक्षण गराएमा क्यान्सरजस्ता जटिल रोगहरूको सफल उपचार सम्भव हुने उल्लेख गर्दै उहाँले नियमित स्वास्थ्य परीक्षणमा सहभागी हुन सबै महिलाहरूलाई आग्रह गर्नुभयो।

आयोजक संस्थाले महिलाहरूको स्वास्थ्य परीक्षणमा पहुँच विस्तार गर्दै सुरक्षित मातृत्व, स्वस्थ महिला र स्वस्थ समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएको छ। साथै स्थानीय महिलाहरूलाई अवसरको सदुपयोग गर्दै निःशुल्क स्वास्थ्य परीक्षणमा सहभागी हुन अनुरोध गरिएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *