बसन्तपुरमा मिनी मार्केट सञ्चालन, किसानका कृषि उपजले पाउने भयो व्यवस्थित बजार

Listen to this article
1 minute read

बिकाश गुरुङ
तेह्रथुम / तेह्रथुमको बसन्तपुर बजारमा आजदेखि मिनी मार्केट सञ्चालनमा आएको छ। स्थानीय किसानले उत्पादन गरेका अर्गानिक तरकारी, फलफूल तथा अन्य कृषि उपजको संकलन, भण्डारण र बजारीकरणलाई व्यवस्थित गर्ने उद्देश्यले निर्माण गरिएको मिनी मार्केट भवनको उद्घाटन लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख माबोहाङले मिनी मार्केटले स्थानीय कृषि उत्पादनलाई बजारसँग जोड्दै किसानको आम्दानी वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले उत्पादनपछि सुरक्षित भण्डारण र उचित बजारको अभावका कारण किसानले भोग्दै आएको समस्याको समाधानमा समेत भवन उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
मिनी मार्केट सञ्चालनमा आएपछि कृषि उत्पादनको बिक्री–वितरण सहज हुने, बिचौलियामाथिको निर्भरता घट्ने तथा किसानले आफ्ना उत्पादनको उचित मूल्य प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ। स्थानीय किसानहरूले पनि भवन सञ्चालनसँगै कृषि व्यवसायलाई थप प्रोत्साहन मिल्ने बताएका छन्।
उक्त मिनी मार्केट भवन सघन सहरी विकास कार्यालय, धनकुटाले ११ करोड ४५ लाख रुपैयाँको लागतमा निर्माण गरी लालीगुराँस नगरपालिकालाई हस्तान्तरण गरेको हो। नगरपालिकाले भवनलाई स्थानीय कृषि उत्पादनको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *