लालीगुराँसमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न

Listen to this article
1 minute read

विकाश गुरूङ
तेह्रथुम / तेह्रथुमको लालीगुराँस नगरपालिकाले “पूर्ण खोप सुरक्षित भविष्य” भन्ने मूल नारासहित पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरेको छ।


“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित गुराँस स्तम्भ बस स्टेसनमा आयोजित कार्यक्रममा पूर्ण खोप अभियानलाई थप प्रभावकारी, दिगो र समुदायमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।


कार्यक्रममा बालबालिकाको नियमित खोप सुनिश्चित गर्न स्थानीय तह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो। पूर्ण खोप अभियानलाई सफल बनाउन स्थानीय स्रोतको परिचालन, समुदायको स्वामित्व तथा सबै सरोकारवालाको सहकार्य अपरिहार्य रहेको वक्ताहरूले बताएका थिए।


लालीगुराँस नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गत स्वास्थ्य शाखा, बसन्तपुरको आयोजनामा सम्पन्न कार्यक्रमले पूर्ण खोप सुनिश्चितता तथा बाल स्वास्थ्य प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ।


नगरपालिकाले पूर्ण खोप अभियानलाई निरन्तरता दिँदै सबै बालबालिकाको खोप पहुँच सुनिश्चित गर्न आवश्यक पहल जारी राख्ने जनाएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *