टेम्केमैयुङ गाउँसभाको २०औँ अधिवेशन : ५५ करोडभन्दा बढीको बजेट प्रस्तुत, उत्कृष्ट विद्यार्थी र खेलाडी सम्मानित

Listen to this article
1 minute read

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाको २०औँ गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ५५ करोड ११ लाख ५५ हजार ८ सय ७६ बराबरको बजेट प्रस्तुत गरिएको छ। गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले गाउँसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम, विनियोजन विधेयक तथा आर्थिक विधेयक समेत पेश गरिएको जानकारी दिए।

गाउँसभाको अवसरमा शैक्षिक, प्राविधिक तथा खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी र खेलाडीहरूलाई छात्रवृत्ति तथा सम्मान प्रदान गरिएको छ।

शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा हासिल गरेका अन्नपूर्ण बराहा माध्यमिक विद्यालयका छात्र आविष्कार घिमिरे र विद्येश्वर माध्यमिक विद्यालयकी छात्रा स्नेहा राई लाई आगामी अध्ययनका लागि जनही रु. ५० हजार छात्रवृत्ति प्रदान गर्दै सम्मानपत्रसहित सम्मान गरिएको छ।

त्यसैगरी विद्येश्वर माध्यमिक विद्यालय, गोगनेबाट SEE उत्तीर्ण गरी हाल MBBS अध्ययनरत छात्रा सान्गेन्मा साङपाङ राई लाई रु. २ लाख छात्रवृत्ति प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

विभिन्न प्राविधिक विषयमा अध्ययनरत अनुशासित तथा उत्कृष्ट विद्यार्थी पस्लमु शेर्पा, इसा राईचुडामणि श्रेष्ठ लाई जनही रु. ५० हजारका दरले छात्रवृत्ति प्रदान गरिएको छ।

यसैबीच, चालु वर्ष सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा टेम्केमैयुङ गाउँपालिकाको प्रतिनिधित्व गर्दै प्रथम स्थान हासिल गर्ने खेलाडीहरूलाई जनही रु. ५ हजार नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ।

गाउँपालिकाले पर्यटन शिक्षा, प्राविधिक जनशक्ति उत्पादन तथा खेलकुद क्षेत्रको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति र सम्मान कार्यक्रम सञ्चालन गरिएको जनाएको छ। गाउँसभामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रमले समग्र स्थानीय विकास, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा युवा सशक्तीकरणलाई प्राथमिकतामा राखेको बताइएको छ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *